‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जब नेता बिक्छन् र पतित हुन्छन् तब आन्दोलनलाई सिद्ध्याउन उद्ददत हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा केही दल तथा नेताहरूले आदर्शका कुरा गर्दै देशलाई अराजनीतिक दिशामा लान खोजेको आरोप लगाउनुभएको छ ।  बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, आचरण र अभ्यास मान्दैन उही नै लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाँख जोडेर मयुर भएको स्वाङ पार्दै आदर्शका कुरा गरिरहेको बताउनुभयो । 

नेता माधव नेपाल प्रति इकिंत गर्दै प्रधानमन्त्री ओलीले  ​आफ्नै पार्टीका नेताहरू अंहकारमा कुदेर प्रतिक्रान्तिका पाउँमा लगेर आन्दोलनलाई बुझाउन उद्दत भएको बताउनुभयो । 

‘जुन दलसँग प्रतिस्पर्धा गरियो त्यही दलसँग आफ्नो दलको सरकार गिराएर, जो सँग प्रतिस्पर्धा गरियो र  फेरी पनि गर्नु छ फेरी पनि उही दलको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नु  भनेको पतित हुनु हो । ’ प्रधानमन्त्रीको भनाई थियो  यस्तो प्रतिकुल अवस्थामा यति माथि पुराइएको आन्दाेलनलाई ध्वस्त गर्न प्रयास भइरहेको भन्दै ओलीले भन्नुभयो ,जब नेता बिक्छन् जब नेता पतित हुन्छन् तब आन्दोलनलाई सिद्ध्याउन उद्ददत हुन्छन्  ।’ 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : ०८ बजे