चीनले पठाएको ३० हजार लिटर लिक्विड अक्सिजन ताताेपानी नाकामा

काठमाडौं – चीनले नेपाललाई उपलब्ध गराउने भनेको ३० हजार लिटर लिक्विड (तरल) अक्सिजन तातोपानी नाकामा आइपुगेको छ ।

नेपालमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा अक्सिजनको चरम सङ्कट उत्पन्न भएपछी चीनले ठूलो परिमाणमा लिक्विड (तरल) अक्सिजन नेपाल पठाएको हो ।

 तातोपानी नाकामा आइपुगेको उक्त लिक्विड (तरल) अक्सिजन चिनियाँ दूतावासले आजै नेपाली अधिकारीहरुलाई हस्तान्तरण गर्ने  भएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : १५ बजे