‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तिब्बतबाट तातोपानी आइपुग्यो लिक्विड अक्सिजन

तातोपानी । चीनको स्वशासित तिब्बत सरकारले नेपाललाई अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालय आइपुगेको छ।
ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको हो। लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार आइपुगेको सामानको तौल ३० मेट्रिक टन  छ। लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।  

लिक्विड अक्सिजनसहित  २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाएको छ। ती सामग्री भने आउने क्रममा रहेको गौतमले जानकारी दिनुभयो।
लिक्विड अक्सिजनलाई दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने तयारी रहेको गौतमले बताउनुभयो।
अक्सिजन लिक्विड संवेदनशील चिज भएकाले दमकलसहितको व्यवस्था गर्नुपर्ने गौतमले बताउनुभयो । 
‘उताबाट आउँदा पनि दमकलले स्कर्टिङ गरेको थियो,’ गौतमले जानकारी दिनुभयो  ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : ०६ बजे