‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्न लागेको हो । 

कांग्रेस सभापति देउवाको निजि  निवास बुढानीलकण्ठमा बिहान  ९ः०० बजे बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि  राति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : ५२ बजे