काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहमा रहेका नेता योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ ।
नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गर्नुभएको थियो ।
त्यसपछि उहाँको नाम हटाइएको स्रोत बताउँछ । त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाइसकेका छन् ।
प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ४ : ४३ बजे
प्रतिक्रिया