साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

एघार लाख क्युबालीले आफ्नै देशमा निर्मित खोप लगाए

हवाना – क्यारेबियन राष्ट्र क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ । 
क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाख भन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको बिहीबार जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधि सम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरु धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ । 

क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरु – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ । 

यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौं व्यक्तिले खोप बारेमा आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् । 
राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक संक्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गर्नु भएको छ । 

क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सम्पूर्ण क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ । क्युबामा करिब एक करोड १० लाख जनसंख्या छ । 
 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : ०९ बजे