दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य तोलामा १ हजारले घट्यो  

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले  घटेको छ। बिहीबार १ हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ३४ बजे