मस्को । रुसी फौजले युक्रेनमा वृहत् हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ ।
रुसी हमलामा १ सय ३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताउनुभयो । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।
रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरू रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ९ : ०६ बजे
प्रतिक्रिया