सुनको मूल्यमा नयाँ कीर्तिमान

विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ । विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट)सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो । 

उक्त विदेशी मुद्रा अवैध रूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

अदालतबाट ६२ लाख जरिवाना ठहर भएका अधिकारी पक्राउ
​​​​​​​नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ६२ लाख आठ हजार जरिवाना ठहर गरेका एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २९ गतेको फैसलाअनुसार १० दिन कैद र बिगोबमोजिम रु ६२ लाख आठ हजार जरिवाना ठहर भई फरार रहेका तारकेश्वर नगरपालिका–२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई आज पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर विसं २०७६ र २०७७ मा नेपाल बैङ्क लिमिटेड न्यूरोड शाखाको दुई वटा चेक दिएर बैङ्किङ कसुर गरेकाले अधिकारीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

पक्राउ परेका अधिकारीलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ४८ बजे