डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

काठमाडौं – नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए । 

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । 

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिनुभएको छ । 

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गर्नुभएको  थियो भने एक्ला एक्लै वार्ता पनि गर्नुभएको थियो ।

त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताउनुभएको थियो । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ । 

एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : ४३ बजे