देउवा र ओलीबीच साँझ सात बजे फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र ले बिहीबार साँझ फेरि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कुराकानी गर्नु हुनु भएको छ ।  

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको हो । 

छलफलपछि काँग्रेसका महामन्त्री गगन थापाले बिहीबार राति ७ बजे बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच पुनः छलफल हुने जानकारी दिनुभयो । 

‘बैठकमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर साँझ पुनः कुराकानी गर्ने बताउनुभएको छ ।’ थापाले भन्नुभयो, ‘साँझ ७ बजे फेरि पूर्व प्रधानमन्त्री ओलीजी, प्रमुख प्रतिपक्ष दलको नेता र प्रधानमन्त्रीबीच छलफल हुन्छ ।’

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा सहमती नजिक पुगेसँगै आज बेलुका पुनः छलफल हुनलागेको हो । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : ५७ बजे