आज रातिसम्म गठबन्धनको भविष्य टुंगो लाग्छ : मीन विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सत्ता गठबन्धनको भविष्य बिहीबार रातिसम्म टुंगो लाग्ने बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहँदै विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।

‘गठबन्धनको भविष्य भोलि होइन, आजै रातिसम्म टुंगो लाग्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले एमसीसीको पक्षमा आउँछौं भनेर विज्ञप्ति निकालेको खण्डमा सत्ता गठबन्धन कायम रहन्छ, होइन भने गठबन्धट टुट्छ ।’
 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ४९ बजे