संसद भवन बानेश्वरमा प्रधानमन्त्री देउवा र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच संसद भवनभित्रै भेटवार्ता भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक स्थगीत भएपछि प्रधानमन्त्री देउवा र ओलीको भेटवार्ता हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

 

सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले  प्रमुख प्रतिपक्षको साथ खोज्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने सभामुखको असंवैधानीक कदमको विरोधमा लामो समयदेखि संसद अवरोध गर्दै आइरहेको छ । आफ्ना माग संवोधन नभएसम्म एमालेले कुनै पनि संसदीय प्रकृयामा सहभागीता नजनाउने बताइसकेको छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : १२ बजे