देउवाले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभयो, एमालेले त्यो दिँदैन : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताउनुभएको । 

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन । 

उहाँले गठबन्धन भत्काउन एमालेले कतै पनि धुम नबालेको बताउनुभयो । ‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उहाँले भन्नुभयो । 

एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भट्टराईले बताउनुभयो । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ३ : ०४ बजे