दलित गाउँका पहिलो शिक्षक

युक्रेन संकट : राजधानी छोड्नेहरूको भागदौड मच्चियो

काठमाडौं । एजेन्सी रुसले आक्रमण गरेपछि यूक्रेनको राजधानी किव छोड्नेहरूको भागदौड मच्चिएको छ । यही कारण राजधानी किवको सडकमा लामो जाम देखिएको छ । यसैबीच यूक्रेनका केन्द्रीय बैङ्कका गर्भनरले मानिसहरूलाई पैसा झिक्नका लागि सीमा तोकेका छन् । अब युक्रेनमा एक एकाउन्टबाट एक दिनमा 100,000 Ukrainian hryvnia मात्र निकाल्न पाउनेछन् । 

रूस र यूक्रेन सीमा पर विकशित घटनाक्रम तिव्ररुपमा फेरिरहेको छ । यूक्रेनमा रूसले सैन्य कार्वाहीको सुरुवात गरेको छ । यूक्रेनको अलग अलग ठाउँमा विहीबार विहानै ठुला ठुला धमाकाहरु सुनिएका थिए । रुसले आफ्नो आक्रमण युक्रेनको जनताको रक्षाको लागि भएको बताइरहेको छ । राष्ट्रपति व्लादिमीर पुटिनले वर्षैदेखि युक्रेनीहरु पीडित भएको र आक्रमणको उद्देश्य यूक्रेनलाई नरसंहारबाट मुक्त गर्नुभएको बताउनुभएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ११ बजे