काठमाडौँ । सुनको मूल्य आज प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बुधवार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधवार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार ११ : २६ बजे
प्रतिक्रिया