‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपा संसदीय दलको बैठक सुरु

काठमाडौं ।  बदलिदो राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न जनता समाजवादी पार्टी संसदयि दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलमा भएको बैठकमा महन्थ ठाकुर  र रान्द्र महतो पक्षका साँसदहरु मात्र उपस्थित भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसद्मा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले संसदीय दलको बैठक बसेको हो।

जसपाको महन्थ ठाकुर समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने प्रवल सम्भावना रहेको छ । ठाकुर-महतो र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच बिहीवार राति अबेरसम्म छलफल भएको थियो । 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ५३ बजे