दलित गाउँका पहिलो शिक्षक

 रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपत्काल घोषणा

किभ । युक्रेनमा आपत्काल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपत्काल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरूलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । 

एक महिना लामो आपत्कालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कर्फ्यु लागू गर्न सक्नेछ । 

पूर्वी युक्रेनमा विखण्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपत्काल घोषणा गरेको हो । विखण्डनकारी क्षेत्रका नेताहरूले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ । 

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरूले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । एजेन्सी

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : २२ बजे