७१ वर्षीय ओलीकाे उर्जा : जन्मदिनमा पनि देशकै चिन्ता (फोटोफिचर)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज ७१ औं जन्म दिन । अध्यक्ष ओली आज आफ्नो जन्म दिनमा पनि राजनीतिक र समाजिक काममै व्यस्त रहनुभयो ।

जन्मदिनको दिनमा पनि ओली पुस्तक लोकार्पण कार्यक्रममा दिनभरी बस्नुभयो । भक्तपुरमा आयोजित समवेत दृष्टि नामक पुस्तकको विमोचन कार्यक्रममा दिनभरी बस्नुभएका ओलीले आफ्नो बाँकि जिन्दगी पनि राष्ट्र र मानव जातीको हितमा प्रयोग गर्ने बताउनुभयो ।

आफुलाई जनताको अपार माया रहेको भन्दै ओलीले त्यही कारण आफ्नो मनोबल उच्च रहेको बताउनुभयो । ७१ वर्षीय ओलीले भन्नुभयो  ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु । बुवा त अझै तन्नेरी जस्तै हुनुहुन्छ भने म त झन् बुढो हुने कुरै भएन ।’  हेर्नुहोस् पुस्तक विमोचनमा खुलेका ओली फोटो फिचर : 

​​​​​​​

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ०३ बजे