सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु

जुम्ला । जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका ८ निवासी ३३ वर्षीय बाटु सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनारको बुधबार निधन भएको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आएकोमा उनको निधन भएको प्रहरीले जनाएको छ । उनको आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : २९ बजे