‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । 

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न संसदीय दलका नेता रान्द्र महतोले बिहान ११ः०० बजे दलको बैठक बोलाउनुभएको हो। यो बैठकका बारेमा जसपाको उपेन्द्र यादब समुहले आफूलाई जानकारी नभएको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसद्मा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले दलको बैठक बोलाएको हो।

जसपाको महन्थ ठाकुर समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने प्रवल सम्भावना रहेको छ । ठाकुर-महतो र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच विहीवार राति अबेरसम्म छलफल भएको थियो । 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १० : ११ बजे