‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मूलपानी क्रिकेट रङ्गशालामा ‘पाँचपोखरी टी–२०’ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने

सिन्धुपाल्चोक ।  ’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ’पाँचपोखरी टी–२०  ’ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०७८ हुने भएको छ । उक्त प्रतियोगिता काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यही फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ  । 
प्रवेश शुल्क रु। १२ हजार रहेको उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमशः रु। ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने आयोजकले जनाएको छ । 
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । 
 
विगतका वर्षहरूमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगिता पाँचपोखरी थाङ्पाल गाउँपालिकाको एक पालिका एक खेल मैदान र एक वडा एक मैदान अभियान अन्तर्गत सम्पूर्ण खेलमैदानहरू निर्माणको चरणमा रहेको अहिलेको प्रतियोगितालाई काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे