‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महिला क्रिकेट एपिएफको जित

काठमाडौँ।  ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल  (एपीएफ) ले लगातार दोस्रो जित दर्ता गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ लाई ६ विकेटले पराजित गरेको थियो । 
    
सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।  

एपीएफको जितमा रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान दिइन् । त्यसैगरी ममता चौधरी १४ रनमा अविजित रहिन् भने ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ बनाए । 

सुदूरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रन जोडे ।

एपिएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पारिन् भने करुणा भण्डारी र सरिता मगरले समान दुई–दुई तथा राजमती ऐरीले १ विकेट हात पारिन् । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १ : ३० बजे