काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार मङ्गलवार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधवार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मङ्गलवार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ११ : ०७ बजे
प्रतिक्रिया