एमालेको सचिवालय बैठक सुरु

एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री खाँड बालकोटमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुग्नुभएको छ ।

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओली निवास बालकोट पुग्नुभएको हो । 

भेटमा उहाँहरुबीच सत्ता गठबन्धन र एमसीसीबारे छलफल भएको बताइएको छ । अध्यक्ष ओलीसँग गृहमन्त्रीले करिब एक घण्टा भेट गर्नुभएको बुझिएको छ । 

अध्यक्ष ओलीसहितका नेताहरूले मङ्गलवार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । 

उक्त भेटमा प्रधानमन्त्री देउवाले नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओली आफूहरूको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने बताउनुभएको थियो । उक्त भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

एमालेले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : ४३ बजे