‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ ।   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । 

राष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज आज अपराह्न ५:०० बजेसम्मको समय दिनुभएपछि यस विषयमा छलफल गर्न अहिले बिहान ९ः०० नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्न लागेको हो  । 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।

सभापति शेरबहादुर देउवाको आफ्नै निवास (बूढानीलकण्ठ)मा हुने बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र केही प्रभावशाली नेताहरूलाई समेत बोलाइएको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ४४ बजे