काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।
कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
उहाँ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ धार्पाका स्थायी बासिन्दा हुनुहुन्छ । पाँच दशकअघि गायन यात्रा सुरु गर्नुभएका लामा ख्यातिप्राप्त लोकगायक, सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक हुनुहुन्थ्यो ।
प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ९ : ११ बजे
प्रतिक्रिया