दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आजदेखि नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक, यी हुन् एजेन्डा

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय  ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौँ बैठक आज काठमाडौँमा बस्दै छ । 

निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नुहुनेछ । 

समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । 

बैठकको पहिलो दिन आज नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी)को बैठक बस्नेछ, यो । बैठकले टुङ्गो लगाएका विषय दोस्रो दिन हुने सचिव स्तरीय बैठकमा पेस हुनेछन् । 

नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झन्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ५१ बजे