काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ।
मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६:३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गर्नुभएको थियो ।
ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि छलफलमा बस्नु भएको छ ।
भेटका क्रममा उहाँहरूबीच वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार ८ : ३० बजे
प्रतिक्रिया