बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार जानु भएको हो ।  भेटमा समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने एक स्रोतले बताएको छ ।

हिजोआज एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्री देउवाले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाउनु भएको छ । यसअघि प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवाका साथ अध्यक्ष ओलीलाई भेट्न उहाँको निजी निवास बालकोट पुग्नु भएको थियो ।

आज अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीचको वार्तालाई विशेष महत्वका रुपमा हेरिएको छ । बालुवाटारमा भएको विशेष वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि साथमा हुनुहुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ३२ बजे