‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल ६८ रनले पराजित : विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ  । नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । यो संगै नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरै बनेको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार यूएईसँग भएको सेमिफाइनलमा खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।

सुरुमा ब्याटिङ्ग गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन जोडेको थियो । यूएईलाई पछ्याउँदै नेपालले १८.४ ओभरमा सवै विकेट गुमाएर एक सय सात रनमा सिमित भयो ।

समूह चरणको खेलमा बलिङमा सानदार प्रदर्शन गरेको नेपालले यूएईविरुद्ध कुनै चमत्कार देखाउन सकेन । नेपालले ब्याटिङमा पनि पुरानै कमजोरीलाई निरन्तरता दियो । समूह चरणमा भने नेपालले सानदार प्रदर्शन गरेको थियो ।

नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।
 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : १६ बजे