सुनको मूल्यमा नयाँ कीर्तिमान

सानोठिमीबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेका छ ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ७७ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।

यसअघि पनि प्रहरीले काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जनालाई  पक्राउ गरेकोथियो ।  

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : ४७ बजे