‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

टस हारेर नेपाल बलिङमा : खेल जिते नेपाल विश्वकपमा पुग्ने

काठमाडौं । ईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपालले युएईसँग खल्दै छ।

ओमानस्थित अल अमेरात किक्रेट मैदानमा ३ः४५ मिनेट देखि सुरु हुने खेलमा युएईले टस जितेर ब्याटिंग रोजेको छ।यस्तै आज नै ओमान र आयरल्यान्डबीच पनि सोहि समयमा खेल हुँदैछ। आजको खेलमा विजेता टोली अष्ट्रेलियमा हुने टी–२० विश्वकप क्रिकेट खेल्नेछन्।

 दुवै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुवैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुवै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन् । नेपाल प्रतियोगिताको एकमात्र अपराजित टोली हो । 

नेपाल र युएईबीच भएका पछिल्ला ४ ओटा टी–२० प्रतियोगितामा दुईटै टोलीले समान २ जित र २ हार बेहोरेका छन्। 

​​​​​​​

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : ३७ बजे