गाईको मरण, गिद्धको चरन (फोटो फिचर)

तनहुँ – शुक्लागण्डकी नगरपालिका–९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ । गौ संरक्षण केन्द्रमा नगरभरका छाडा गाई र गोरुलाई लगेर संरक्षण गरिन्छ । तर विभिन्न रोगबाट ग्रसित गाईगोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ ।

हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्दछन् । तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपासका क्षेत्रमा गिद्धको संख्या बढेको छ । सोमबार गौ संरक्षण केन्द्रभित्रै एउटा गाई मरेको थियो । मरेको त्यही गाईलाई गि द्धले आफ्नो आहारा बनाईरहेका थिए । र गाई गोरुले चौरमा उम्रन थालेका घाँसलाई आहारा बनाईरहेको देखिन्थ्यो । यहाँ गौ संरक्षण त भएको छ नै गिद्धको पनि संरक्षण भएको छ ।

​​​​​​​

शब्द/तस्बिर : विनोद ढुंगाना

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १२ : ५५ बजे