‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णयअनुसार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । 

संविधानको धारा ७६ उपधारा ५ मा कुनै सांसदले बहुमत जुटाउन सके सरकार गठन हुनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’

भोलि बेलुका ५ बजेसम्म कुनै दलले बहुमतको सरकार गठनका लागि आधार प्रस्तुत गर्न नसके संविधानअनुसारै संसद विघटन हुनेछ । त्यसरी संसद विघटन गर्दा ६ महिनाभित्र चुनावको मिति समेत घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तो छ विज्ञप्ति

​​​​​​​

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ४५ बजे