अध्यक्ष ओलीलाई एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्रदान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गर्नुभएको छ ।

नेपाल स्काउटका तात्कालिन संरक्षक रहनुभएका ओलीले स्काउटकाे एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गरेकाे नेपाल स्काउटका संयाेजक लाेकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

आज समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उक्त पदक प्रदान गरिएको हो।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ३६ बजे