‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

​​​​​​​काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाली क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएकोमा बधाई दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटर मार्फत ट्विट गर्दै ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीका खेलाडी‚प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेल प्रेमीको अपेक्षा पूरा गर्न सफलता मिलोस् भन्दै अग्रिम शुभकामना समेत दिनुभएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ३७ बजे