बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु 

बैतडी । बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । पाटन नगरपालिका(३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो ।

उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ । 

दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् । । 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : १९ बजे