सुनको मूल्यमा नयाँ कीर्तिमान

बर्दियामा ट्रकको ठक्करबाट बालकको मृत्यु 

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–४ छेदियामा आज ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । 

सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ११ बजे