कांग्रेसको बैठक एमसीसी पारित गर्न र गठबन्धन जोगाउनमा केन्द्रित

काठमाडौं – नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । 

सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ । 

पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ३ : १६ बजे