काठमाडौँ – देशभर थप ८ हजार २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ८ हजार २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।
हाल देशभर एक लाख १५ हजार ८५२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
त्यस्तै आज थप १९० जनाको कोरोनासंक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ।
प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार ५ : ४८ बजे
प्रतिक्रिया