दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ  । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  

त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ  । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : २१ बजे