दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पूर्वी युक्रेनमा युद्ध विरामका लागि काम गर्न रुस र फ्रान्स सहमत 

किभ । रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्ध विरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो । 

वार्तामा दुवै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको सङ्कटको कूटनीतिक समाधानको खोजीलाई तीव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । 

यसैबीच, युक्रेनको तनाव घटाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाहेको उहाँका कूटनीतिज्ञहरूले बताएका छन् । रसियाले युक्रेनलाई आक्रमणको अन्तिम तयारी गरेको भन्दै अमेरिकाले पश्चिमेली देशहरूलाई सावधानी दर्साउँदै आएको छ । 

केही साताअघि रुसले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैथान गरेको थियो । सोही समयदेखि नै रुसले युक्रेनमाथि हमला गर्न खोजेको पश्चिमा मुलुकहरूले अनुमान गरेका छन् । तर, युक्रेन आक्रमणको कुनै योजना नभएको रुसले बताउँदै आएको छ । 

यसै साता उसले सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको जनाएको थियो । अमेरिकालगायत पश्चिमेली देशहरूले यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् । एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : २९ बजे