दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बेलायती महारानी एलिजाबेथलाई कोभिड पोजेटिभ

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभिड पोजेटिभ भएको छ । 

महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ । ९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको,  तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरू’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ । 

उहाँले निरन्तर चिकित्सकीय सहयोग लिनुहुनेछ र उचित निर्देशिका पालना गर्नुहुनेछ,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि राजकुमार वेल्सलाई १० फेब्रुअरीमा कोभिड भएको थियो । उहाँले दुई दिनअघि महारानी तथा आमालाई भेट गर्नुभएको थियो ।एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : १९ बजे