एमसीसीबारे शक्तिकेन्द्रहरूका दबाबमा निर्णय नगरौं : बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन् । 

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक रहेको बताएका छन् ।

भट्टराईले भनेका छन्, 'जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं! दलीय/गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !'

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ०२ बजे