‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले स्थायी कमिटी :  आधिकारीक उम्मेदवारविरुद्ध मतदान गरेकोमा भर्त्सना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को स्थायी कमिटी बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भत्सर्ना गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो बसेको स्थायी कमिटी बैठकले सो भत्सर्ना गरेको हो । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीकाअनुसार बैठकले कोभिड महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवम् जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा जानकारी गराउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले सरकारले गरेको काम र प्रयासहरु सकारात्मक रहेको निष्कर्ष समेत निकालेको छ ।

त्यस्तै, बैठकले पार्टी केन्द्रीय सदस्य एवम् पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्ष निकाल्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : २१ बजे