‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज दिउँसो ३ः०० बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकमा नेता माधव कुमार नेपाल सहभागी नहुने तर माधव समूहमा रहेका अन्य सांसदहरु भने बैठकमा सहभागी हुने बुझिएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ५२ बजे