नक्कले माओवादी : भित्र समर्थन बाहिर विरोध

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितका सत्ताधारी दलहरुले सदन अवरुद्ध भइरहँदा समेत सदनमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टेबल गराएका छन्  ।

एमसीसीका सम्बन्धमा घण्टाघण्टामा बोलिफेरिरहेका माओवादकिो नक्कले पाराले भने जनता र स्वंयम माओवादी कार्यकर्ताहरु हैरान बने । 
मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० टेबल गर्न बालुवाटारमा सहमती जनाएर गठबन्धन बैठकमा निर्णय गरेको माओवादीले त्यही समयमा सडकमा कार्यकर्ताहरुलाई विरोध गर्न लगाएको थियो । सभामुखलाइृ कार्यसूचीमा एमसीसी राख्न लगाएर त्यही समयमा पनि सडकमा कार्यकर्ता उतारेर माओवादीले अर्को तमासा देखायो । त्यसो त् प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले विरोध जनाएपनी सुप्रिमो प्रचण्डले भने एमसीसी टेबल हुँदा तालि ठटाएर समर्थन गरे ।

संसद्को कार्यसूचीमा एमसीसी राख्दा विरोध जनाएको माओवादीका सांसदहरु सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी टेबल  गर्दा निरिह बनेरएक पछि अर्को तमासा झिकिरहेका थिए । 
 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ०३ बजे