एमसीसी टेबल भयो अब पार्टी फुट्दैन : झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पास भएकाले अब  आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । 

संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । 

तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ४२ बजे