‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकियो, मतगणना सुरु हुँदै

हेटौडा । राष्ट्रिय सभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ ।  हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । तीन सय ४७ मतदातामध्ये तीन सय ३७ मत खसेको छ । 

स्थानीय तहबाट दुई सय ३८ मतदातामा  दुई सय ३२ मत खस्यो भने प्रदेश सभाबाट एक सय नौजना मतदाता रहेकोमा एक सय पाँचजनाको मत खसेको छ । 
निर्वाचनमा ज्ञ० जनप्रतिनीधि उपस्थित हुनुभएन । अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् ।
उपस्थित नहुनेमा माओवादी केन्द्रका एक सांसद र विवेकशील साझा पार्टीका तीन सांसद छन् । माओवादी केन्द्रकी प्रदेशसभा सदस्य हिमाली गोले मतदानमा अनुपस्थित रहनुभएको हो  । विवेकशीलले यसअघि नै सहभागी नहुने जानकारी गराइसकेको थियो । 
स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित रहनुभयो । उहाँहरु काँग्रेसका हुनुहुन्छ  । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि अनुपस्थित रहनुभयो उहाँ नेमकिपाका हुनुहुन्छ  ।

अबको केही समय पछि साढे चार बजेबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ०९ बजे